उकालो लाग्दै कोरोनाः काठमाडौं उपत्यकामा एकै दिन थपिए ९९९ संक्रमित


प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ९९९ जना कोरोना संक्रमित थपिएका छन्।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन्। यसैगरी भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या करिब ६ हजार पुग्न लागेको छ। सोमबारको तथ्यांकअनुसार यो संख्या ५ हजार ९ सय १० छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौंमा हालसम्म संक्रमितको संख्या २ लाख १४ हजार १ सय २८ पुगेको छ भने २ लाख ६ हजार २ सय ६९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा १ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ।

यस्तै, भक्तपुरमा सक्रिय संक्रमित ९ सय ३६ र ललितपुरमा १ हजार १ सय ६३ पुगेको छ। हालसम्म संक्रमितको संख्या भक्तपुरमा २३ हजार ७ सय ८९ र ललितपुरमा ४० हजार १ सय २४ पुगेको छ।

देशभरको अवस्था
पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ पुगेको छ। पछिल्लो २४ घन्टामा १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ।

सोमबार कोरोना संक्रमणबाट २५ जनाको निधन भएको छ। मन्त्रालयले हालसम्म संक्रमणबाट ९ हजार ७३८ जनाको निधन भएको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com