काठमाडौं उपत्यकाको निषेधाज्ञा साउन २० सम्म थप, यी क्षेत्रमा निषेध कायमै


प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार

उपत्यकामा जारी निषेधाज्ञा साउन २० सम्म थप गरिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही क्षेत्रमा निषेध कायमै राख्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेका हु्न्।

जारी निषेधाज्ञाअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टरलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन।

यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, क्लब, स्वीमिङ, रंगशालासहितका खेलकुद र मानिसहरुको भीडभाड हुने क्षेत्र सञ्चालन गर्न पाइनेछैन। खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महाेत्सव, भोजभतेर गर्न गराउन पाइनेछैन। पुजारीबाट हुने नित्यपुजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछेन।

यस्तै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन।

सार्वजनिक यातायातका हकमा कूल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने सबै यात्रुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।

निषेधाज्ञाको पूर्णविवरणका लागि तलको लिंक क्लिक गर्नुहोला

प्रशासनकाे सूचना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com