नेपालमा गत २४ घण्टामा २२३७ कोरोना संक्रमित थपिएका छन्। १० हजार ५६९ जनामा पिसिआर परीक्षण गर्दा १५३९ र ३ हजार २६५ जनामा एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये काठमाडौंमा ४६८, भक्तपुरमा ६९ र ललितपुरमा ८९ छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७१३ पुगेको छ।
त्यस्तै २०५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म ६ लाख ४३ हजार ६१५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार निको हुने दर ९४ प्रतिशत रहेको छ भने मृत्युदर १.४३ प्रतिशत छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।