कांग्रेस महाधिवेशनः साउन १२ को वडा अधिवेशन स्थगित, महाधिवेशन भने तोकिएकै मितिमा हुने


प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा अधिवेशन स्थगित भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यतालिकाअनुसार साउन १२ गते वडा अधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको हो।

कार्यतालिकाअनुसार साउन १२ मा वडा अधिवेशन सम्भव नदेखिएपछि तत्काल स्थगित गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्। पदाधिकारीको अर्को बैठकले वडासहित तल्लो तहका अधिवेशनहरूको मिति टुंगो लगाउने जनाइएको छ।

यस्तै, क्रियाशील सदस्यता छानबिन समितिलाई साउन १२ गते सूची बुझाउन समय दिइएको छ। यसअघि असार मसान्तसम्म सूची बुझाउन छानबिन समितिलाई दिइएको समय थपेर साउन १२ सम्म पुर्‍याइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

छानबिन समितिले क्रियाशील सदस्यताको सूची बुझाइसकेपछि नयाँ कार्यतालिका तय गर्ने निर्णय बैठकले गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरू तहहरूको अधिवेशनका लागि कार्यतालिका हेरफेर भए पनि भदौ १६–१९ गतेका लागि तोकिएको महाधिवेशनको मिति परिवर्तन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। सभापति देउवाले पनि महाधिवेशनको मिति हेरफेर नहुने बताएका थिए। वडा, नगर तथा जिल्ला अधिवेशनहरूको बीचमा रहेको अन्तरलाई छोट्याएर भए पनि केन्द्रीय महाधिवेशन प्रभावित गर्न नहुने विचार बैठकमा देउवाले राखेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com