बढ्दै कोरोनाः ३११४ संक्रमित थपिए, १६ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार

नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ को पिसिआर परीक्षणमा २ हजार ३०९ र ४ हजार २८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ३३ हजार २६० पुगेको छ। शुक्रबार २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ। यो अवधिमा २ हजार १९७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ।
हाल देशमा २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com