नेपालमा दैनिक संक्रमितको संख्या ३ हजार नजिक, १८ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार

नेपालमा कोरोना संक्रमितको दैनिक संख्या ३ हजार नजिक पुग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७ हजार ३०८ नमुना परीक्षण गरिएकोमा २ हजार ९७७ जनामा संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा ६१३ कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौंका ४१०, भक्तपुरका ६९ र ललितपुरका १३४ छन्।

सोही अवधिमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ६० वर्षभन्दा माथिको उमेर समूहका छन्। मन्त्रालयका अनुसार यो समूहका ५ हजार १ सय ९० जनाको हालसम्म मृत्यु भएको छ। यस्तै, ९ वर्षमुनिका ४१ बालबालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या पनि बढेको छ। शुक्रबारसम्म देशभर २७ हजार ६६१ सक्रिय संक्रमित छन्। कूल संक्रमितमध्ये सक्रिय संक्रमितको प्रतिशत ४.०९ रहेको छ। मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त दर ९४.५ प्रतिशत रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योसँगै नेपालमा ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार ३३५ जना क्वारेन्टाइनमा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com