जापानले दिने १६ लाख डोज खोप केही दिनभित्रै नेपाल आइपुग्ने


प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार

जापानले उपलब्ध गराउने १६ लाख डोज एस्ट्रोजेनेका खोप केहीदिनभित्रै नेपाल आइपुग्ने भएको छ। जापानी राजदूत किकुता युताकासँगको बिहीबारको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप चाँडै नेपाल आइपुग्ने जनाएका हुन्।

‘जापानले दिन लागेको १६ लाख डोज खोप चाँडै काठमाडौं आइपुग्ने छ। यो राम्रो समाचारका लागि धन्यवाद। आगामी दिनमा थप खोप उपलब्ध गराउन आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा भनेका छन्।

राजदूत युताकाले देउवालाई बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटका क्रममा उनले प्रधानमन्त्री देउवालाई बधाइ तथा शुभकामना दिएका थिए। राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए।

राजदूत युताकासँगको भेटमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई अझै मजबुत बनाउनेबारे कुरा गरेका थिए।

भेटका क्रममा राजदूत युताकाले भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता जनाएको देउवाको सचिवालयले जानकारी दिएको छ।
उक्त खोप पहिलो डोज कोभिशिल्ड लगाएर दोस्रो डोज कुरिरहेका ज्येष्ठ नागरिकलाई दिइने जनाइएको छ।

एडीबीले खोप खरिदका लागि १९ अर्ब ८० करोड दिने
एशियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण दिने भएको छ।

बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय बिहीबार गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ।

जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com