काठमाडौं उपत्यकामा बढ्दै कोरोना संक्रमण, ७५१ संक्रमित थपिए


प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। २४ घण्टामा उपत्यकामा ७५१ संक्रमित थपिएका छन्। यो बुधबारको तुलनामा ५४ जनाले बढी हो। बुधबार उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको थियो।

बिहीबार उपत्यकामा थपिएकामध्ये काठमाडौं जिल्लामा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना रहेका छन्। बुधबार काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै, पछिल्लो २४ घन्टामा २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ नमुना परीक्षणमा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो।

यसअवधिमा कोरोनाका कारण देशभर २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

बिहीबार १ हजार २८८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जनाएको छ। बिहीबार देशभर २७ हजार ३७५ सक्रिय संक्रमित छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com