काठमाडौं उपत्यकामा बढ्यो संक्रमण, ६९७ जनामा संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ४९०, ललितपुरमा १ सय २८ र भक्तपुरमा ७९ जना छन्।

यसअघि सोमबार काठमाडौं उपत्यकामा ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै, पछिल्लो २४ घन्टामा २ हजार ८३८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६१६ नमुना परीक्षण गरिएकोमध्ये २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।

हाल संक्रमण पुष्टि दर २२ प्रतिशत छ। हालसम्म पिसिआर र एन्टिजेन विधिबाट ३७ लाख ६९हजार ९३१ नमुना परीक्षण गरिएकामा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

बुधबार १ हजार ४७५ संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुने कुल संख्या ६ लाख ३६ हजार ४०२ रहेको छ।

बुधबार कोरोना संक्रमणबाट ३० जनाको निधन भएको छ। योसँगै नेपालमा ९ हजार ६३७ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ।
मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको छ, जसमध्ये २४ हजार ३४० होम आइसोलेन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा छन्।

बुधबार ६२७ जनाको आइसियू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com