कोभिडको तेस्रो लहरको तयारीका लागि जनस्वास्थ्यविद्हरुले सरकारलाई दिए १८ बुँदे सुझाव


प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार

जनस्वास्थ्यविद्हरुले कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई १८ बुँदे सुझाव दिएका छन्। १६ जना जनस्वास्थ्यविद्हरुले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उक्त सुझाव दिएका हुन्।

उनीहरुले दोस्रो लहरको घट्ने क्रम विगतका चार हप्तामा सुस्त हुँदै स्थिर हुन पुगेको र कोरोना अझै पूर्णरुपमा नियन्त्रणमा नआएको उल्लेख गर्दै क्षेत्रीय परिस्थितिले गर्दा पनि केही महिनामै तेस्रो लहर आउने सम्भावना उच्च रहेको जनाएका हुन्।

जनस्वास्थ्यविद्हरुले स्वास्थ्यमन्त्रीलाई जवाफदेही बनाइराख्न, मन्त्रिपरिषद् फेरबदल हुँदा पनि स्वास्थ्यमन्त्री परिवर्तन नगर्न, उच्चस्तरीय कोभिड १९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकित्सक र जनस्वास्थ्यविज्ञ रहेको स्वतन्त्र सल्लाहकारको समूह बनाउन सुझाव दिएका छन्।

उपचारका लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन, घर र संस्थागत आइसोलेसन सेवा र समुदायसमर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफैं गर्ने’ क्षमता अभिवृद्धि गर्न, स्वास्थ्यकर्मीहरुको नैतिक र उत्प्रेरणा जुनसुकै मूल्यमा उच्च राख्न तथा १८ वर्षभन्दा माथिका लाई यथाशिघ्र खोप लगाउन सुझाव दिएका छन्।

‘स्वास्थ्यकर्मीको उचित तालिमसहितको उच्चस्तरको सचेतना र तयारीको अभ्यास गरिनुपर्छ, आवश्यक औषधि तथा अक्सिजन आपूर्ति,प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न जरुरी छ,’ सुझावमा भनिएको छ, ‘अस्पतालको बेड, एचडीयु, आइसीयु र भेन्टिलेटरकोसंख्या पनि बढाउनुपर्छ।’

विज्ञहरुले दिएको सुझावका लागि तलको लिंकमा क्लिक गर्नुहोला

सरकारलाई १८ बुँदे सुझाव

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com