महामारी प्रभावित नेपालमा रहेका पत्रकारका लागि पत्रकार महासंघ यूकेबाट ५ लाख रुपैयाँ


प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार

कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय पाउन्ड मंगलबार आइएमईमार्फत् महासंघ केन्द्रलाई पठाइएको छ। उक्त रकममा आइएमई लन्डनको अफरमा थप भएको रकम समेत गरी कुल ५ लाख १६ हजार रुपैयाँ महासंघ केन्द्रको खातामा जम्मा गराइएको पत्रकार महासंघ यूकेका कोषाध्यक्ष सविन्द्रकुमार गुरुङले जानकारी दिए ।

संकलित रकमबाट महामारीका कारण विभिन्न समस्यामा परेका देशभरका २५ जना पत्रकारलाई २० हजारका दरले ‘लेखन-वृत्ति’ प्रदान गरिनेछ।

सहयोगको आवश्यकतामा रहेका पत्रकारहरुलाई महासंघ केन्द्रको सिफारिशका आधारमा सहयोग बांडिनेछ। महासंघको काठमाडौंस्थित कार्यालयमा चाँडै एक समारोह आयोजना गरी सहयोग हस्तान्तरण गरिने पत्रकार महासंघ यूके महासचिव नरेन्द्र बस्नेतले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जुन १३ मा निर्वाचित शाखाको पाँचौं कार्यसमितिले आफ्नो पहिलो बैठकबाटै निर्णय गरेर महामारी पीडित पत्रकारको लागि सहयोग संकलन गरेको थियो । कार्यसमितिका पदाधिकारी, शाखाका सदस्य एवम् शुभेच्छुकहरु समेतको सहयोगमा सहयोग संकलन गरिएको थियो ।

सहयोग संकलनको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र कार्यसमिति सदस्य गोमा रानाले गरेका थिए ।

नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले महामारीका बेला अफ्टेरोमा परेका सहकर्मीहरुको हौसला बढाउने उद्धेश्यले सहयोग पठाइएको बताए।

‘महामारीका कारण विभिन्न खालको समस्या झेल्न बाध्य पत्रकारहरुलाई हामी पनि संगै छौं है भन्ने सन्देश दिन खोजेका हौं’, उनले भने, ‘उहाँहरुको मनोबल उच्च पार्ने हाम्रो चाहना हो ।’

यस अभियानमा आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगदाता, सहयोग वितरणको संयोजन गर्ने महासंघ केन्द्र एवम् सहयोग संकलनमा जुट्ने सिंगो कार्यसमितिलाई अध्यक्ष अर्यालले धन्यवाद ज्ञापन गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com