एमाले केन्द्रीय कमिटीः एकताका लागि अन्तिम समयसम्म पहल गर्ने


प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ। विवाद समस्या समाधान कार्यदलमा केपी ओलीपक्षीय संयोजक सुवास नेम्वाङले १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनबारे ब्रिफिङ गरेपछि बैठकले उक्त निर्णय गरेको हो।

गत असार २७ गते कार्यदलले पार्टी विवाद समाधान गर्न १० बुँदे सहमतिको प्रस्ताव तयार पारेको थियाे। सोमबारको केन्द्रीय कमिटी बैठकले उक्त सहमतिलाई अनुमोदन गरिसकेको छ।

यस्तै, एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई पठाएको स्पष्टीकरण पत्र उनीहरुले पाएको २४ घण्टापछि कारबाहीको निर्णय गर्ने भएको छ। पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। प्रवक्ता प्रदीप ज्ञवालीले २२ सांसदले पत्र पाएको २४ घण्टापछि आवश्यक निर्णय गर्ने बताए।

नेपालपक्षले भने स्पष्टीकरणपत्र आफूहरुले नपाएको र पत्रको जवाफ पनि नदिने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा सात वटै प्रदेश कमिटी अध्यक्षहरुले आ–आफ्ना प्रदेशका राजनीतिक र साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिँदै पार्टीमा देखिएको अन्योल चाँडै किनारा लगाउन आग्रह गरेका थिए। उनीहरुले माधव नेपाल समूह अलग हुँदा पर्ने प्रभाव र पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्नेबारे पनि सुझाव दिएका थिए।

मंगलबारको बैठकमा उठेका प्रश्नको जवाफ बुधबार महासचिव इश्वर पोखरेलले दिने ज्ञवालीले बताए।

बैठकमा भूमि व्यवस्था आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय तहसँग सम्झौता भई कार्य भइरहेको स्थितिमा सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरुलाई हटाउन लागेको सुनिएको उल्लेख गर्दै त्यो उचित नहुने बताएका थिए।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com