कांग्रेसका १० युवा नेताले भने–पार्टी संरचना कब्जा गर्ने उद्धेश्यले क्रियाशील सदस्यता वितरण गरियो


प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार

नेपाली कांग्रेसका १० युवा नेताले समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्धेश्यले निर्धारित प्रक्रियाबाहिरबाट क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाएका छन्। मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले यस्तो कार्यले पार्टीको मर्ममाथि नै प्रहार गरेको टिप्पणी गरेका छन्।

‘आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ। यसलाई तुरुन्त रोक्नु पर्दछ,’ उनीहरुले भनेका छन्।

पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्ने र त्यसको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व भए पनि एकैचोटी पुराना कार्यकर्ताको विस्थापन हुने गरि जथाभावी गर्न नहुनेतर्फ उनीहरुले नेतृत्वलाई सचेत गराएका छन्।

क्रियाशील छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न उनीहरुले आग्रह गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेताहरु चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले यस्तो आग्रह गरेका हुन्।

यस्ताे छ संयुक्त विज्ञप्ति

नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ। महाधिवेशनको तयारी कै दौरानमा राष्ट्रिय राजनीतिको बागडोर समेत कांग्रेस कै काँधमा आईपरेको छ। गत आमनिर्वाचनबाट फराकिलो बहुमत सहित सत्तारूढ भएको नेकपाको अन्तरकलह र जनबिरोधी अलोकतान्त्रिक गतिविधिको परिणामस्वरुप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिपक्षी गठबन्धनको नेतृत्व गरि सरकारको समेत नेतृत्व गर्नु पर्ने विशेष परिस्थिति निर्माण भई हाल कांग्रेस नेतृत्वको सरकार गठन भई बिश्वासको मत समेत प्राप्त भईसकेको छ। यसले नेपाली कांग्रेसलाई नेपाली राजनीतिको मियो र मुल अभिभावकको रुपमा पुनःस्थापित गरिसकेको छ।

समय र परिस्थितिले पार्टीको काँधमा आएको राष्ट्रिय अभिभारा पुरा गर्नु अहिलेको कांग्रेसको प्रमुख कर्तव्य पनि हो। बितेका साढे तीन बर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व समेत हो।

राष्ट्रिय राजनीति संकटउन्मुख भएको, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि समाप्त हुन लागेको जटिल घडीमा अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टीका साथीहरूले आफ्नैं नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्नु पर्छ। साथै धर्ना, अनसन र आमरण अनसनस बस्नु पर्ने बाध्यताको सधैका लागि अन्त्य हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ।

इतिबेला चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले हाम्रो ध्यान तानेको छ। मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ। हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ। यस्तो बेलामा कृयाशिल सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन। पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन। प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन्। कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ। आज कृयाशिल सदस्य सम्बन्धि बिवाद पार्टी केन्द्रीय कार्यालयसम्म आईपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ। यो गम्भीर बिषय हो। विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन।

समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ। र आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ। यसलाई तुरुन्त रोक्नु पर्दछ। हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ। नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो। तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुदैन। यसको हामीले सदैव ख्याल गर्नु पर्दछ। तसर्थ नेपाली कांग्रेसको कृयाशिल छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको बिधिसंगत र तार्किक समाधान गर्न हाम्रो आग्रह छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com