एमाले केन्द्रीय कमिटी: देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण साेधिने, १० बुँदे सहमति अनुमोदन


प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्पष्टीकरण सोध्नेबारेको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी ओलीले‌ नै गरेका थिए।

‘हिजो पार्टीका कतिपय सांसदहरूले पार्टी निर्णयको अवज्ञा गरेर फ्लोर क्रस गरेर शेरबहादुर देउवालाई जुन विश्वासको मत दिने काम गर्नुभएको छ, त्यो कम्युनिस्ट आन्दोलनको आदर्श र जनताको भावनाविपरीत छ,’ ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘अनुशासनहीन काम भएकाले उहाँहरूलाई स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।’

स्पष्टीकरणमा आएको जवाफका आधारमा कारबाहीबारे पार्टीले थप कदम चाल्ने उनले बताए। केन्द्रीय कमिटी बैठकले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार लिएको विश्वासको मतमा केपी ओली पक्षका सांसदले पनि देउवाको पक्षमा मतदान गरेका थिए भने माधव नेपालपक्षका १० सांसदले मत नै दिएनन्। देउवाको पक्षमा विश्वासको मत दिने एमाले सांसदको संख्या २२ थियो, जसमा नेपालपक्षका १४ र ओलीपक्षका ८ जना छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com