नेपालमा १८०१ संक्रमित थपिए, २३ को मृत्यु


प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

नेपालमा २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२८ नमुना परीक्षण गरिएकोमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, काठमाडौं उपत्यकामा ३३४ संक्रमित थपिएका छन्। जसमा काठमाडौंका २३४, भक्तपुरका ३६ र ललितपुरका ६४ छन्।

आइतबार देशभर एक हजार ६६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६ लाख ३२ हजार ७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २३ संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांक छ।

आइतबार देशभर २५ हजार ४८५ जना सक्रिय संक्रमित छन्। जसमध्ये २२ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ६५१ संस्थागत आइसोलेसनमा छन।

संस्थागत आइसोलसनमध्ये ५६१ जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भएको मन्त्रालयले जनाएको छ। आइतबार ३४० जना क्वारेन्टाइनमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com