नेपालमा थप १८७५ मा संक्रमण पुष्टि, २१ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार

नेपालमा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ नमुना परीक्षण गरिएकोमध्ये उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ (पिसिआर विधिबाट गरिएको परीक्षण) पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ छ। मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६ लाख ३० हजार ४०७ ले कोरोना जितिसकेका छन्।

शनिबार कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ५२७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ छन्। हाल उपत्यकामा ७ हजार ३९९ सक्रिय संक्रमित छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com