कोरोना संक्रमणबाट हुने मृत्यु बढ्दै, २४ घण्टामा ४३ को मृत्यु


प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेको छ। निषेधाज्ञा खुकुलो बनाइएयता संक्रमितको संख्या केही भएको देखिए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको हो।

शुक्रबार देशभर ४३ कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि असार ३१ गते ३३ जनाको मृत्यु भएको थियो भने २८ गते १८ जनाको मृत्यु भएको थियो।

हालसम्म देशभर ९५०६ जनाको मृत्यु भइसकेको छ भने मृत्युदर १।५ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ९ सय ३६ कोरोना संक्रमित थपिएका छन्। ९ हजार ६ सय १३ जनामा पिसिआर र ४ हजार ५ सय ६९ जनामा एन्टिजेन विधि प्रयोग गरी परीक्षण गरिएकोमा २९३६ जनामा कोरोना पुष्टि भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौंमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ गरी उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिएका छन्।

त्यस्तै, शुक्रबार देशभर १ हजार ७ सय ७५ जना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com