आज र भोलि न्युयोर्कमा अत्याधिक गर्मी, १ सय डिग्री फरेनहाइटसम्म अनुभव हुने


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

आज भोलि न्युयोर्क र न्युजर्सीमा अत्याधिक गर्मी हुने भएको छ । न्युयोर्क र न्युजर्सीका भागहरुमा बस्ने झण्डै १५ मिलियन बासिन्दाहरु अत्याधिक गर्मीबाट प्रभावित हुने भन्दै मौषम चेतावनी जारी गरिएको छ ।

विहान ११ बजेदेखि तापमान चेतावनी लागु भएको छ भने शुक्रबार बेलुका ८ बजेसम्म जारी रहनेछ । आज तापक्रम इन्डेक्स ९९ डिग्री फरेनहाइटसम्म पुग्ने र भोलि १०३ डिग्री फरेनहाइटसम्म पुग्ने राष्ट्रिय मौषम सेवा कार्यालयले जनाएको छ ।

आज र भोलिमा शुक्रबार अझ धेरै तातो हुने जनाइएको छ । मध्यान्हपछि शहरी क्षेत्रमा तापक्रम ९९ देखि १०३ डिग्री फरेनहाइटसम्म पुग्ने र हड्सन उपत्यका, दक्षिणी कनेक्टिकट लगायतका क्षेत्रमा तापक्रम ९३ देखि ९७ डिग्री फरेनहाइटसम्म पुग्नेछ । नेवार्क र न्युयोर्क सिटी दुबैमा तापक्रम चेतावनी जारी गरिएको छ ।

फिलाडेल्फिया लगायतका क्षेत्रमा पनि तापक्रम ९० डिग्री फरेनहाइट नाघ्ने तर १ सय डिग्री भने नपुग्ने जनाइएको छ । न्युजर्सीको वातावरण संरक्षण विभागले संवेदनशील समुहका लागि हावाको गुणस्तर हानिकारक हुने चेतावनी जारी गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com