नेपालमा कोरोनाबाट ३३ को मृत्यु, २०७६ जनामा संक्रमण पुष्टि


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ। योसँगे नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

बिहीबार देशभर एक हजार ७५७ संक्रमणमुक्त भएका छन्। हालसम्म कुल संक्रमित मध्ये ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन्।

बिहीबार देशभर २६ हजार ३३९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २ हजार ६१४ संस्थागत आइसोलेसनमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थागत आइसोलसनमध्ये ६०२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ। देशभर २९२ जना क्वारेन्टाइनमा छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com