न्युजर्सीमा नेपाली सहकर्मीबाट गोली हानी मारिएका मनाङका छेवाङको अन्त्येष्टी


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

अमेरिकाको न्युजर्सीमा ग्यास स्टेशनमा सँगै काम गर्ने तथा एकैठाउँमा बस्ने आफ्नै नेपाली सहकर्मी तथा रुममेट मिलन घिमिरेबाट गोली हानी मारिएका फुर्छाङ छेवाङको आज अन्त्येष्टी गरिएको छ । मनाङको फु गाउँका छेवाङको सोमबार राती न्युजर्सीको भाडाको घरमा गोली हानी हत्या भएको थियो ।

२३ बर्षका मिलन घिमिरेले एउटै  ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका छेवाङको गोली हानी हत्या गरेका थिए । छेवाङका शरीरमा कैयन पटक गोली चलाइएको भेटिएको थियो ।

मृतक फुर्छाङ छेवाङ

न्युजर्सीको मवाहमा सोमबार राती पौने १० बजे गोली चलाएर हत्या गरिएको थियो । सोमबार राती घटनापछि ९११ मा फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

गोली चलाउने मिलन घिमिरे

घिमिरे आफैले घटनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए – ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलमा प्रहरी पुग्दा छेवाङ मृत अवस्थामा भेटिएका थिए भने हत्यारा फरार रहेकाले त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । घटनास्थलबाट घिमिरे मिसिसिपीको लाइसेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भागेका थिए ।

न्युयोर्क प्रहरीले गोली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट पक्राउ गरिसकेको छ । प्रहरीले घटनाको २४ घण्टा नबित्दै गोली चलाउने घिमिरेलाई पक्राउ गरेको हो ।

घिमिरेलाई पहिलो डिग्री हत्या, हतियार राखेको र प्रमाणहरु लुकाउन खोजेको लगायतका अभियोग लगाइएको छ । अनुसन्धानका क्रममा घिमिरेले छेवाङलाई गोली हानेर हत्या गरेको खुलेको अभियोजन कर्ताहरुले जनाएका छन् ।

घटनापछि बर्गन काउन्टीका अभियोजनकर्ताहरुले अनुसन्धान सुरु गरेका थिए । घिमिरे सन् १९९८ को फेबु्रअरीमा ५ मा जन्मिएका र अविवाहित भएको प्रहरीले जनाएको छ ।

अमेरिकामा गोलीकाण्डका घटनामा बर्षेनी कैयन नेपालीहरुले ज्यान गुमाउँदै आएका छन् । तर नेपालीबाटै नेपालीको गोली हानेर हत्या गरेको घटना अत्यन्तै दुर्लभ घटना हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com