नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो


प्रकाशित मिति : असार ३०, २०७८ बुधबार

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ७ लाख ६ हजार ७ सय ६१ पुगेको हो। पिसिआर परीक्षणबाट ६ लाख ६० हजार ७ सय ८८ र एन्टिजेन परीक्षणमा ४५ हजार ९ सय ७३ जनामा गरी ७ लाख ६ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार २४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ नमुना परीक्षण गरिएकोमा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।

हाल दैनिक नेपालको संक्रमणदर १९ दशमलब २ प्रतिशत छ। बुधबार देशभर एक हजार ६०६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको तथ्यांक अनुसार ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २ हजार ५४८ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ५९९ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com