देउवाले लिए प्रधानमन्त्रीको सपथ, चार मन्त्री नियुक्त


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

सर्वोच्च अदालतको परमादेशबमोमिज प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ लिएका छन्। शीतलनिवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।

प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन्। गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, ऊर्जामा पम्फा भुसाल र कानुनमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन्।

समारोहमा गठबन्धन दलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायत सहभागी थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नियुक्तिपत्रबारेको विवादले सपथ साढे २ घण्टा ढिला भएको थियो। दिउँसो राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाबमोजिम नियुक्तमात्र भनिएकोप्रति देउवाले आपत्ति जनाएका थिए। पत्रका संविधानका धारा उल्लेख गर्नुपर्ने अडान देउवाले राखेपछि सपथमा ढिलाइ भएको थियो। २ घण्टासम्म चलेको छलफलमा राष्ट्रपति कार्यालय पत्र सच्याउन तयार भएपछि देउवा पनि सपथ लिन तयार भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com