कोरोना संक्रमणबाट हुने दैनिक मृत्यु घट्दै, थप १२ ले ज्यान गुमाए


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको दैनिक संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ नमुना परीक्षण गरिएकामध्ये २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मंगलबार २६ हजार २६१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६ लाख २३ हजार १०५ जनाले कोरोना जितेका छन्।
मंगलबार देशभर २९९ जना क्वारेन्टाइनमा छन्।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com