देउवा प्रधानमन्त्री नियुक्त, सपथ साँझ ६ बजे


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। देउवाको सपथ साँझ ६ बजे तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

‍सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो। साथै, प्रतिनिधिसभा पुनःस्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो।

देउवाले प्रारम्भमा तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १(१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी छ। मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बस्दैछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com