देशभर २३७० काेराेना संक्रमित थपिए, १८ काे मृत्यु


प्रकाशित मिति : असार २८, २०७८ सोमबार

देशभर २ हजार ३७० नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ७६८९ जनामा पिसिआर र ३८९५ जनामा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ६ लाख ५७ हजार १सय ३९ पुगेको छ।

काठमाडौंमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० गरी उपत्यकामा ४३३ नयाँ संक्रमित थपिएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय १२ छ।

संक्रमणकै कारण १८ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म देशभर मृत्यु हुनेको संख्या ९४०० पुगेको छ। त्यस्तै २४ घण्टामा संक्रमणमुक्त भई ११३३ जना घर फर्केका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ रहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com