प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको परमादेशको पूर्णपाठ


प्रकाशित मिति : असार २८, २०७८ सोमबार

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ। प्रतिनिधि सभाका १४६ सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न र प्रतिनिधिसभाको बैठक ७ दिनभित्र बोलाउन पनि परमादेश गरेको छ।

चोलेन्द्रशमसेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।

इजलासले असार ९ गतेदेखि संसद् विघटनको मुद्दामा निरन्तर सुनुवाइ थालेको थियो। सुनुवाइअन्तर्गत असार २१ गते रिट निवेदक पक्ष, विपक्ष र विज्ञ कानुन व्यवसायीहरुको एमिकस क्युरीका सदस्यहरुको बहस सकिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यराति संसद् विघटन गरेकी थिइन्। संसद् विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनहरु सर्वोच्च अदालतमा दायर भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोला

फैसला पूर्णपाठ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com