अमेरिकाको टेक्सासमा कार दुर्घटनामा घाइते १९ बर्षकी नेहा भुसाल आईसीयुमा, गोफण्डमीमा सहयोग संकलन


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

अमेरिकाको टेक्सासमा भएको कार दुर्घटनामा १९ बर्षकी नेहा भुसाल गम्भिर घाइते भएकी छिन् । नेपालमा बुटवल घर भई अमेरिकामा मिसिगनमा बसोबास गरी हाल टेक्सासमा बस्दै आएका प्रेम भुसालकी सुपुत्री नेहा कार दुर्घटनामा घाइते भएकी हुन् ।

नेहाको गोडामा गम्भिर चोट लागेको जनाइएको छ । मिसिगनबाट विपिन श्रेष्ठले दिएको जानकारी अनुशार उनको हाल आईसीयुमा उपचार भइरहेको जनाइएको छ । उनको इन्सुरेन्सले उपचार खर्च नधान्ने भएकाले सहयोगको आवश्यकता परेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेहाको उपचारका लागि ठूलो धनराशी लाग्ने भएकाले उपचारमा सहयोगका लागि गोफण्डमीमार्फत अभियान चलाइएको छ । गोफण्डमीमा संकलित सबै रकम नेहाको सर्जरी, औषधी र मेडिकल बिलमा खर्च गरिने जनाइएको छ ।

यदि तपाई पनि गोफण्डमीमाफर्त सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com