एमाले एकताका लागि १० बुँदे सहमति


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

नेकपा एमालेको एकताका लागि १० बुँदे सहमति भएको छ। एमाले विवाद समाधान कार्यदलकाे आइतबारको १३ घण्टा लामो बैठकमा १० बुँदे सहमति गर्न नेताहरु सहमत भएका हुन्।

कार्यदलकाे सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीकाे बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुराेध गर्ने सहमति पनि भएकाे छ।

सहमतिकाे बुँदामा फागुन २३ को सर्वोच्च अदालतकाे फैसलापछि एमालेमा रहनेहरुको निर्णयलाई स्वागत गर्दै नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकालाई साेही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएकाे छ। अन्यलाई नेकपामा रहँदासरहको कमिटीमा संगठित गरिनेछ ।

यस्तै, पार्टीका सबै तहका कमिटी,निकाय र जनसंगठनहरु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानकाे व्यवस्थाबमोजिम नेकपा गठन हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमति भएकाे छ।

के–के भयो सहमति?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com