स्याङ्जा र गोरखामा भेटियो कोरोनाको नयाँ भेरियन्ट


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

स्याङ्जा र गोरखामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएका ५ वटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि.१.६१७.२) पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नजराज शर्माका अनुसार स्याङ्जाका २ पुरुष तथा गोरखाका ३ महिलामा नयाँ भेरियन्ट डेल्टा भेटिएका हुन्।

स्याङजा कालिगण्डकी गाउँपालिकाका १४ वर्ष र ६० वर्षका पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ७०,३३, र ४० वर्षका महिलाहरुमा नयाँ भेरियन्ट पुष्टि भएको हो।

केन्द्रले यो पहिलो अल्फा भेरियन्टमा भन्दा बढी संक्रमण दर भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड र सतर्कता अपनाउन आग्रह गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com