जसपा खारेज गर्न सर्वाेच्चमा रिट


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

जनता समाजवादी पार्टी (जसपा) अवैधानिक रहेको भन्दै खारेज गर्न मागसहित सर्वोच्चमा रिट परेको छ। रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ।

तत्कालीन राजपाका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापा र अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन्। रिटमा निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र जनता समाजवादी पार्टी (जसपा) लाई विपक्षी बनाइएको छ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारबाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकता घोषणा भएको थियो। तर, केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा सुरु भएको विवाद पुनः टुक्रिने स्थितिमा पुगेको छ। जसपाको आधिकारिकता विवाद सुल्झाउन निर्वाचन आयाेगले इजलाससमेत गठन गरेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com