यसरी दिनुहोस् अमेरिकाको मिडिया भिसाका लागि आवेदन, कस्तो व्यक्ति योग्य हुन्छ ?


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

मिडिया(I) भिसा, विदेशमा मुख्य कार्यालय भएको, विदेशी मिडियाका प्रतिनिधिहरू अस्थायी रूपमा पेशागत कार्य गर्न संयुक्त राज्य अमेरिकाको यात्रा गर्नको लागि आवश्यक पर्छ। अध्यागमन कानुन अन्तर्गत कुनै प्रक्रियाहरु र शुल्कहरु यात्रीको गृह देशका नीतिहरुसँग सम्बन्धित छन र, फलस्वरुप संयुक्त राज्य अमेरिकाले पनि यस्तै अभ्यास पछ्याउँदछ । विदेशी मीडिया प्रतिनिधिहरुलाई मिडिया भिसा प्रदान गर्ने प्रक्रिया आवेदकको आफ्नै सरकारले संयुक्त राज्य अमेरिकाका मीडिया/प्रेस प्रतिनिधिहरुलाई उस्तै खाले भिसा प्रदान गर्ने प्रक्रियामा भर पर्छ।

योग्यता

मिडिया भिसाको लागि योग्य हुन आवेदकहरुले अमेरिकी अध्यागमन कानुनले दिएका आवश्यकताहरु पूरा गर्नै पर्छ। मिडिया(I) भिसाका लागि योग्य हुन आवेदकहरुले आफू मिडिया भिसा जारी गर्न योग्य भएको दर्साउन सक्नुपर्छ।

मिडिया भिसा प्रेस, रेडियो, फिल्म या मुद्रण उद्योगका सदस्य सहित “विदेशी मीडियाका प्रतिनिधिहरु,”को लागि हो जसका गतिविधिहरु विदेशी मिडियाका लागि आवश्यक हुन्छन, जस्तै संवाददाताहरु, चलचित्र कर्मीहरु, सम्पादक र त्यस्तै पेसामा संलग्न व्यक्तिहरु, अमेरिकी अध्यागमन कानुनहरूको अन्तर्गत, आफ्नो पेशामा संलग्न हुन संयुक्त राज्यको यात्रा गर्दैछन्। आवेदकले  स्वदेशको मुख्य कार्यालयमा भएको मिडिया संगठनको लागि योग्य गतिविधिमा संलग्न हुनुपर्छ। मिडिया भिसाको लागि योग्य हुन, अनिवार्य रुपमा सूचना प्रदान गर्ने, सामान्यतया खबर संकलन गर्ने, वास्तविक तथा वर्तमान घटनाहरूमा प्रतिवेदन गर्ने आदि खालका गतिविधि हुनुपर्छ। कन्सुलर अफिसरले यस्ता गतिविधि मिडिया भिसाको लागि योग्य छ/ छैन भन्ने निर्धारण गर्नेछ। खेल घटनाहरुको रिपोर्ट गर्नु मिडिया भिसाको लागि उपयुक्त हुन्छ। अन्य उदाहरण जो तल दिएका संचार गतिविधिहरुको प्रकारसँग सम्बन्धित छन्, तर यति मै सीमित छैनन्:

  • विदेशी सूचना मिडियाका मुख्य कर्मचारीहरु जो समाचार घटना वा वृत्तचित्रको फिल्म बनाउन लागेका छन्।
  • फिल्मको सामग्री भौतिक सूचना समाचार प्रसार गर्न प्रयोग गरिन्छ भने त्यस्ता फिल्मको उत्पादन वा वितरणमा लागेका मिडियाका सदस्य मात्र मिडिया भिसाको लागि योग्य हुनेछन्। यसको अतिरिक्त, प्राथमिक स्रोत र रकम वितरण संयुक्त राज्य अमेरिका बाहिर हुनुपर्छ।
  • करार अन्तर्गत काम गर्ने पत्रकार। पेशेवर पत्रकार संस्थाले प्रदान गरेको एउटा प्रामाणिक परिचयपत्र धारण गरेका व्यक्तिहरू जो जानकारी वा मुख्य व्यापारिक मनोरञ्जन र विज्ञापनको लागि मात्र नभइ समाचार प्रवाह गर्ने, सूचना वा सांस्कृतिक माध्यमबाट विदेशमा प्रयोग गर्न एउटा उत्पादनमा अनुबंधको रुपमा काम गरेमा, एउटा वैध रोजगार अनुबंध आवश्यक छ भन्ने याद राख्नुहोस्।
  • स्वतन्त्र कम्पनीहरुको कर्मचारीहरु जसले पेशेवर पत्रकार संघ द्वारा जारी एउटा परिचयपत्र धारण गरेका छन् भने।
  • अमेरिकी नेटवर्कको शाखा कार्यालय, अखबार वा मिडिया आउटलेटको सहयोगी कम्पनीका लागि काम गर्ने विदेशी पत्रकार जो विदेशी दर्शकहरुका लागि अमेरिकी घटनाहरुमा रिपोर्ट गर्न संयुक्त राज्य अमेरिका जाँदैछ।
  • पर्यटन ब्यूरोका प्रमाणित प्रतिनिधिहरु जसलाई विदेशी सरकारले सम्पूर्ण वा आंशिक रूपमा नियन्त्रण, संचालन गरेको छ, जो देशको बारे सत्यतथ्य पर्यटकिय सूचना प्रवाहमा मुख्यतया संलग्न छ र A-2 भिसा को हकदार छैनन्।
  • प्राविधिक औद्योगिक जानकारी। संयुक्त राज्य अमेरिकाका कार्यालयहरूका कर्मचारीहरू जसले प्राविधिक औद्योगिक जानकारी वितरण गर्छन्।

निम्न मापदण्ड पुरा गरे स्वतंत्र पत्रकार , भिसाको लागि योग्य हुने छ। पत्रकारसँग हुनुपर्छ:

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

  • एउटा पेशेवर पत्रकार संस्थाको परिचयपत्र
  • एउटा मिडिया संगठनसँग अनुबंधित भएको
  • मुख्य रुपमा व्यापारिक, मनोरञ्जन वा विज्ञापनको उद्देश्य नभएका जानकारी वा समाचार प्रसार गर्ने उद्देश्य।

यदि तिनीहरूले अमेरिकी स्रोतबाट कुनै आय प्राप्त नगर्ने भएमा फोटोग्राफरहरूलाई फोटो लिने उद्देश्यले संयुक्त राज्य अमेरिकामा जानको लागि B-1 भिसाको अनुमति दिइन्छ ।

प्रतिबंध

मिडिया प्रतिनिधि वा पत्रकारका रूपमा आफ्नो पेशामा संलग्न हुन विदेशी मिडियाका प्रतिनिधिले केही समय संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने भिसा छूट कार्यक्रममा सहभागी देशका नागरिकले पनि पहिले मिडिया भिसा प्राप्त गर्नुपर्छ। यस्ता आवेदकले न त भिसा छूट कार्यक्रममा अन्तर्गतभिसा बिना यात्रा गर्न पाउँछन्, न त आगंतुक (प्रकार B) भिसामा यात्रा गर्न  पाउँछन्। यसो गर्ने प्रयास गरेमा होमल्याण्ड सुरक्षा विभाग, भन्सार र प्रवेशको पोर्टमा सीमा सुरक्षा अधिकारी द्वारा संयुक्त राज्य अमेरिका प्रवेश गर्न रोक्न सक्छन्। आगन्तुक भिसा वा भिसा छूट कार्यक्रमको प्रयोग गर्न सकिने परिस्थितिहरुको सूची तल दिइएको छ।

आगन्तुक भिसामा यात्रा

तपाईंको यात्राको उद्देश्य तल दिएका गतिविधिहरुको लागि हो भने आगन्तुक भिसा प्रयोग गर्न सकिन्छ:

एउटा सम्मेलन वा सभामा उपस्थित हुनु

सम्मेलन वा बैठकमा सहभागीको रुपमा उपस्थित हुन संयुक्त राज्यको यात्रा गर्ने मीडिया प्रतिनिधिहरु, जसले संयुक्त राज्य अमेरिकामा वा फर्केपछि त्यहाँको बारेमा रिपोर्ट गर्दैनन् भने आगन्तुक भिसामा यात्रा गर्न सक्छन्। अध्यागमन कानुनमा भिन्नता हुने छ यदि यस्ता आवेदक “व्यवसायिक कार्यमा संनग्न” हुन्छन्।

बोल्ने अतिथिव्याख्यान वा शैक्षिक गतिविधिमा संलग्न हुनु

मिडिया प्रतिनिधिहरूले अतिथिका रुपमा बोल्न, व्याख्यान गर्न अथवा सम्बन्धित वा सम्बद्ध गैर नाफामुखी संस्था, गैर-नाफामुखी अनुसन्धान संगठन, सरकारी अनुसन्धान संगठन, वा अन्य सामान्य शैक्षिक गतिविधिमा संलग्नको उद्देश्यको लागि संयुक्त राज्य अमेरिका भ्रमण गर्दा भिजिटर भिसा लिनै पर्छ। यस्तो उच्च शिक्षाको संस्थानबाट आवेदकले माननर्थ प्राप्त गर्नेछन्। तर, बोल्ने गतिविधि एकै संस्थामा नौ दिन भन्दा बढि हुनु हुदैँन र वक्ताले पछिल्लो छ महिनामा यस्ता गतिविधिका लागि पाँच भन्दा बढि संघसंस्थाहरु बाट भुक्तानी प्राप्त गरेको हुनु हुँदैन।

मिडिया उपकरण किन्नु

आगन्तुक भिसा अमेरिकी मिडिया उपकरणहरु वा प्रसारण अधिकारहरु खरीद गर्न वा विदेशी मिडियाका लागि उपकरणहरु वा प्रसारण अधिकारहरुको लागि अर्डर लिनको लागि प्रयोग गर्न सकिन्छ किनकि यी गतिविधिहरु साधारण व्यापार आगंतुकहरुद्वारा कार्यान्वयन गरिने परिधिभित्र पर्दछन्।

छुट्टी

विदेशी मिडिया पत्रकारले आगन्तुक भिसा प्रयोग गरेर संयुक्त राज्य अमेरिकामा छुट्टी बिताउन सक्छ र जबसम्म ऊ समाचारको विषय बन्ने घटनाहरुको रिपोर्ट गर्दैन, उसलाई मिडिया भिसा चाहिँदैन।

अस्थायी कार्य भिसामा यात्रा गर्नु

सूचना र समाचारका सामग्री भेला गर्ने क्रियाकलापहरु मिडिया भिसाको लागि योग्य हुन्छन् तर अरु हुँदैनन्। प्रत्येक आवेदन त्यसको विशेष मामलाको पूर्ण सन्दर्भ भित्र जाँचिन्छ। आवेदक मिडिया भिसाको लागि योग्य छ कि छैन भन्ने निर्धारित गर्न, कन्सुलर अफिसरले यात्राको उद्देश्यको सूचना प्रदायक छ/छैन भन्ने, र यो समाचार भेला प्रक्रिया संग सम्बन्धित छ/ छैन भन्ने हेर्दछन्। तलका सूचीले ती परिस्थितिको वर्णन गर्दछ, जस्तै H, O, वा P प्रकारका अस्थायी कामदार भिसा कहिले पत्रकार/मिडिया भिसाको सट्टा आवश्यक पर्दछ।

यात्राको तपाईंको उद्देश्य तल दिएका गतिविधिहरुको लागि हो भने अस्थायी कार्य भिसा प्रयोग गर्न सकिन्छ:

व्यावसायिक मनोरञ्जन वा विज्ञापन उद्देश्यको लागि फिल्म बनाउने सामग्री

मिडिया भिसा ती आवेदकहरुले प्रयोग गर्न सक्दैनन् जसको संयुक्त राज्य अमेरिका यात्राको उद्देश्य व्यावसायिक मनोरञ्जन वा विज्ञापन सम्बन्धि फिल्म बनाउने वा फिल्ममा काम गर्ने छ । यस्तो उद्देश्यका निम्ति अस्थायी कामदार भिसा आवश्यक पर्छ।

प्रूफरीडरलाइब्रेरीयन र सेट डिजाइनर जस्ता उत्पादन सहायकको भूमिकामा रहेका व्यक्ति

प्रूफरीडरहरु, लाइब्रेरीयन, सेट डिजाइनर जस्ता सम्बन्धित गतिविधिमा संलग्न व्यक्तिहरू मिडिया भिसाको लागि योग्य हुँदैनन् तर H, O, या P जस्ता भिसाका लागि योग्य हुन सक्छन्।

घटनाक्रमहरू मंचन गर्ने कथा, टेलिभिजन र प्रतियोगिता आदि कार्यक्रम

बनावटी मंचन घटनाहरू समावेश भएका कथा, अभिलेख नगरिएका भएपनि, वास्तविकतामा आधारित टेलिभिजन कार्यक्रम र हाजिरी जवाब प्रतियोगिताका कार्यक्रमहरु सूचनामुलक हुँदैनन् र सामान्यतया यिनीहरु पत्रकारिता भित्र पनि समावेश हुँदैनन्। त्यसै गरी, कलाकारहरुसँग मंचित गरिएका मनोरन्जनात्मक वृत्तचित्रहरुलाई पनि जानकारीमुलक मानिदैन। यस्ता कार्यक्रम वा वृत्तचित्रको निर्माण कार्यमा संलग्न दलका सदस्यहरु मिडिया भिसाको लागि योग्य हुँदैनन्। टेलिभिजन, रेडियो र फिल्म उत्पादन कम्पनीहरुले हालको परियोजना अनुरूप विशिष्ट सल्लाहका लागि मिडिया कार्यमा माहिर अध्यागमन वकीलबाट विशेष सल्लाह लिन सक्छन्।

कलात्मक मिडिया सामग्री उत्पादन

कलात्मक मिडिया सामग्री (जसमा कलाकार प्रयोग गरिन्छ) को उत्पादनमा भाग लिन अमेरिका यात्रा गर्ने मीडिया प्रतिनिधिहरु मिडिया भिसाको लागि योग्य हुँदैनन्। टेलिभिजन, रेडियो, र फिल्म उत्पादन कम्पनीहरुले हालको परियोजना अनुरूप विशिष्ट सल्लाहका लागि मिडिया कार्यमा माहिर अध्यागमन वकीलबाट विशेष सल्लाह लिन सक्छन्।

आश्रितहरु

प्रमुख भिसा आवेदकको पति/पत्नि वा सन्तानहरु (21 वर्ष मुनिका अविवाहित) प्रवासको अवधिमा संयुक्त राज्य अमेरिकामा प्रमुख भिसा धारक सँगै बस्न वा सामेल हुन चाहनेहरुसँग भिसा हुनुपर्छ। प्रमुख भिसा धारकका पति/पत्नि या सन्तानहरुको, उनका साथ संयुक्त राज्य अमेरिकामा बस्ने इच्छा छैन, तर छुट्टीहरूमा मात्र यात्रा गर्न चाहन्छन् भने आगंतुक (B -2) भिसाका लागि योग्य हुन सक्छन्।

प्रमुख भिसा धारकका पति/पत्नि र आश्रितले व्युत्पन्न भिसामा संयुक्त राज्य अमेरिकामा काम गर्न पाउँदैनन्। प्रमुख भिसा धारकका पति/पत्नि वा आश्रितले रोजगारी गर्न चाहेमा, त्यसका लागि उपयुक्त कार्य भिसा आवश्यकता पर्दछ।

आवेदन आइटम

भिसाको लागि आवेदन गर्न तपाईंले निम्न कुराहरु पेश गर्नुपर्नेछ :

  • गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 को अझ बढी जानकारीको लागि DS-160 वेबपेज हेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा रहने तपाईंको अभीष्ट अवधि (देश विशेष सम्झौता छुट प्रदान नभएसम्म) देखि कम्तीमा छ महिना पछिसम्म वैध राहदानी। तपाईंको राहदानीमा एक भन्दा बढी व्यक्ति समावेश छन् भने, भिसा चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्नेछ;
  • पछिल्लो छ महिना भित्र लिइएको एउटा (1) 2″x2″ (5सेमीx5सेमी) आकारको फोटो। यो वेब पेजमा आवश्यक फोटो प्रारूपको बारेमा जानकारी छ।
  • स्थानीय मुद्रामा भुक्तानी गरिएको तपाईंको US$ 160 फिर्ता नहुने, गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्कको भुक्तानी देखाउने एउटा रसीद। यो वेब पेजमा यो शुल्क तिर्ने सम्बन्धि अझ बढी जानकारी छ। भिसा जारी गरियो भने, तपाईंको राष्ट्रियताको आधारमा अतिरिक्त भिसा जारी रेसिप्रोसिटि शुल्क तिर्नु पर्ने हुन सक्छ। अमेरिकी विदेश मन्त्रालयको वेबसाइट ले तपाईंलाई भिसा जारी गरेको व्यतिहार शुल्क तिर्न र शुल्क राशि कति छ भन्ने विषयमा तपाईंलाई खोज्न मद्दत गर्न सक्छ।
  • रोजगारीको प्रमाण:
    • पत्रकार कर्मचारी: तपाईंको नाम, कम्पनीमा तपाईंको पद, र संयुक्त राज्य अमेरिकामा तपाईंको बस्ने उद्देश्य र अवधि खुलाइएको रोजगारदाताले प्रदान गरेको पत्र।
    • मिडिया संगठनसँग अनुबंध स्वतन्त्र पत्रकार: मिडिया संगठनसँग अनुबंधको एउटा प्रतिलिपी, जसमा तपाईंको नाम, कम्पनीमा तपाईंको पद, अनुबंधको अवधि, र संयुक्त राज्य अमेरिकामा तपाईंको बस्ने उद्देश्य र अवधि खुलाइएको छ।
    • मिडिया चलचित्र टोली: तपाईंको नाम, कम्पनीमा तपाईंको पद, शीर्षक र बनाउन गइरहेको फिल्म/ कार्यक्रमको एउटा संक्षिप्त विवरण र संयुक्त राज्य अमेरिकामा तपाईंको बस्ने उद्देश्य र अवधि खुलाइएको तपाईँको रोजगारदाताले दिएको पत्र।
    • मिडिया संगठनसँग अनुबंध स्वतन्त्र उत्पादन कम्पनी: तपाईंको नाम, शीर्षक र फिल्म बनीरहेको कार्यक्रमको एउटा संक्षिप्त विवरण, अनुबंधको अवधि, र फिल्म खिच्नको लागि संयुक्त राज्य अमेरिकामा आवश्यक समय अवधि खुलाइएको संगठनबाट एउटा पत्र।

यी वस्तुहरू साथै, तपाईंले यो सेवा मार्फत अन्तर्वाता निर्धारण गरेको पुष्टि गर्नका लागि अन्तर्वाता पुष्टि पत्र प्रस्तुत गर्नुपर्छ। तपाईंले कन्सुलर अफिसरलाई प्रदान गरेका जानकारीको समर्थन गर्ने अन्य कागजात ल्याउन सक्नुहुन्छ।

DS160 फारम: DS160 आवेदनपत्र पुनः प्रयोग गर्न मिल्देन । प्रत्येक भिसा अन्तर्वाताका लागि नयाँ DS160 आवेदनपत्र भर्न आवश्यक छ।

कसरी आवेदन गर्ने

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (S-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको भिसा अन्तर्वाता निर्धारण गर्नुहोस्। तपाईंलाई आफ्नो अन्तर्वाता निर्धारण गर्न निम्न जानकारीहरुको आवश्यकता पर्नेछ:

  • तपाईंको राहदानी नंबर।
  • तपाईंले भिसा शुल्क तिर्नु भएको रसीद नंबर । तपाईंलाई यो नंबर प्राप्त गर्न मदत चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।
  • तपाईंको DS-160 पुष्टि पृष्ठबाट दश (10) अंकको बारकोड नंबर ।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाताको मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो अन्तर्वाता पष्टि पत्र, तपाईंको DS-160 पुष्टि पृष्ठ, पछिल्लो छ महिना भित्र लिइएको एउटा फोटोग्राफ र हालको र सबै पुराना राहदानीहरु ल्याउनु पर्छ। यी सबै वस्तुहरुको बिना आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात

सहायक कागजातहरु कन्सुलर अफिसरले तपाईंको भिसा अन्तर्वाताका बेला  विचार गर्ने धेरै कारणहरू मध्ये एक हो। कन्सुलर अधिकारीहरुले निर्णयको समयमा प्रत्येक आवेदनलाई अलग्गै हेर्छन् र व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्छन्। कन्सुलर अधिकारीहरुले तपाईंको खास मनसाय, पारिवारिक अवस्था र तपाईंको दूरदर्शी योजना र स्वदेश भित्रका सम्भावना विचार गर्छन्। प्रत्येक मामला अलग्गै जाँच गरिन्छ र व्यवस्थाको अधीनमा हरेकलाई ध्यान दिइन्छ।

सावधान: झूटा कागजात प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको स्थायी अयोग्यता हुन सक्छ। गोपनीयताको ख्याल भएमा, तपाईंले अमेरिकी दूतावासमा तपाईंका कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

तपाईंले आफ्नो भिसा अन्तर्वातामा लागि निम्न कागजात ल्याउनु पर्छ:

  • प्रेसको कार्ड/परिचयपत्रहरू
  • तपाईंको प्रवासको उद्देश्य, त्यहाँ बस्ने समय/अवधि, आफ्नो रोजगारदातासँग काम गरेको अवधि र तपाईंको पत्रकारितामा अनुभवको अवधि सङ्केत गर्ने तपाईँको रोजगारदाताबाट एउटा पत्र।

आश्रितका लागि सहयोगी कागजातहरू

तपाईंको पति/पत्नि र/वा बच्चा/हरुले केही पछि भिसाको लागि आवेदन गरे भने, तपाईंको मिडिया भिसाको प्रतिलिपि आवेदनसँग प्रस्तुत गर्नुपर्छ।

थप जानकारी

पत्रकार र मिडिया कामदारको भिसाका लागि अझ बढी जानकारी चाहिएमा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा हेर्नुहोस्।

श्रोत: युएसट्राभलडक्स 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com