नेपालमा १८३१ संक्रमित थपिए, २० को मृत्यु


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

नेपालमा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पिसीआर र ३६८३ जनाको एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा जनामा पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ।

काठमाडौं उपत्यकाभित्र ३९१ जना संक्रमित थपिएका छन्। जसमा भक्तपुरमा ३१, ललितपुरमा ९७ र काठमाडौंमा २६३ जना रहेका छन्।
यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार ८९४ रहेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ रहेको छ। जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, मकवानपुर, कास्की, झापा, सुनसरी र मोरङमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

आइतबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com