वायुुसेवा निगम निजीकरण प्रस्तावप्रति भट्टराईको विरोध, सरकारसँग मागे चार जवाफ


प्रकाशित मिति : असार २७, २०७८ आईतबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायुसेवा निगम निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान केपी ओली सरकारबाट प्रपञ्च भइरहेको भन्दै विरोध जनाएका छन्। निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी सरकारले गरिरहेको प्रयास निन्दनीय र घृणित रहेको उनको आरोप छ।

सरकारको यो प्रयासको भित्री अभिष्ट उनीहरुनजिकका दलाल र पुँजीपतिलाई नै संस्थान पोस्नु रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘क्रोनी क्यापिटलिज्मको योभन्दा नग्नरुप अरु के हुन सक्छ?’

उनले भनेका छन्, ‘आफू सरकारमा रहने अनि आफैंले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरूलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरू नियुक्त गर्ने, तिनीहरूबाट हुने नहुने अनेकौं क्रियाकलाप गराउने र संस्थानलाई धरासायी तुल्याएपछि चलेन भनेर संस्थानका बचेखुचेका सम्पत्ति कौडीको मूल्यमा आफ्ना निकटस्थलाई बिक्री गर्ने जुन षडयन्त्र भइरहेको छ, त्योकुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन।’

यो षडयन्त्रका पछाडि थुप्रै प्रश्न अनुत्तरित रहेको भन्दै उनले सरकारसँग ४ वटा प्रश्नको जवाफ मागेका छन्।

भट्टराईको अपिलको पूर्णविवरण

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com