नेपालमा २१६९ जनामा संक्रमण पुष्टि, २२ काे मृत्यु


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ६ हजार ५ सय ३० पिसीआर परीक्षण र ३ हजार ८ सय ८७ एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

थपिएकामध्ये काठमाडौं उपत्यकाका ४ सय १४ रहेका छन्। जसमा काठमाडौंका ३०३,भक्तपुरका ५१ र ललितपुरका ६० जना छन्।

यस्तै, नेपालमा थप एक हजार ४३२ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख १८ हजार ३६१ पुगेको छ। नेपालमा संक्रमणमुक्त दर ९४.५ प्रतिशत रहेकाे छ भने मृत्युदर १.५ प्रतिशत छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ६२ पुगेकाे छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com