कार्यदल बैठकपछि नेम्वाङले भने–आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुनेछ


प्रकाशित मिति : असार २६, २०७८ शनिबार

नेकपा एमालेको विवाद आइतबार टुंगिने दाबी नेताहरुले गरेका छन्। शनिबार विवाद समाधान कार्यदलकाे बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नैता सुवास नेम्वाङले आइतबार बिहान एकताको घोषणा हुने बताएका हुन्।

‘सार्‍है मिहिनेत र तपाईंहरुकै शुभकामनाले काम टुंग्याएबराबर छ, बिहान ८ बजे नै तपाईंहरुले सुखद समाचार सुन्न पाउनुहुनेछ,’ नेम्वाङले भने।

उनले अब आफूहरुलाई ढुक्कसँग बधाइ र धन्यवाद दिए हुने बताए। ३ वर्षदेखिकाे विवाद मिलाउन केही दिनदेखि वार्ता जारी रहेकाे उल्लेख गर्दै उनले एकता घोषणामा कुनै ढिलाई नभएकाे बताए। अब आफूहरुबीच कुनै विवाद नभएको पनि बताए।

नेपालपक्षीय नेता भीम रावलले पनि समाधान हुन बाँकी रहेका विषयमा छलफल गरी निस्कर्षमा पुग्ने छोटो प्रतिक्रिया दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यदल सदस्य गाेकर्ण विष्टले पनि आइतबार एकताको सन्देश दिने बताए। ‘गम्भीरताका साथ एकले अर्काकौ मनोविज्ञान बुझ्दै छलफल गर्‍यौं, अब अन्तिम अवस्थामा आइपुगेका छौं, हामी समस्यालाई समग्रतामा समाधान खाेज्ने विन्दुमा आइपुगेका छौं,’ उनले भने।

अब आइतबारका लागि केही औपचारिकता दिलाउनेमात्र काम बाँकी रहेको उनले बताए।

शुक्रबार करिब ८ घण्टासम्म भएको छलफलपछि पनि नेताहरुले सहमतिनजिक पुगेको र केही भाषा मिलाउने काममात्र बाँकी रहेको बताएका थिए। यद्यपि शनिबार नेताहरुले एकता घोषणा गर्नेस्तरमा सहमति गर्न सकेननन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com