एमाले विवाद सहमतिनजिक, कार्यदलको बैठक शनिबार पनि


प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार

नेकपा एमालेको विवाद समाधान गर्ने विषयमा नेताहरु सहमतिनजिक पुगेका छन्। शुक्रबार करिब आठ घण्टासम्म लगातार बसेको कार्यदलकाे बैठकमा केही विषयलाई छाडेर लगभग सहमतिनजिक पुगेको नेताहरुले जनाएका हुन्।

बैठकपछि कार्यदल सदस्य गाेकर्ण विष्टले भने, ‘धेरै विषयमा सहमतिनजिक पुगेका छौं, एकाध विषय टुंगिन बाँकी छन्, तिनलाई शनिबार बसेर टुंग्याउनेछौं।’

उनले विवादका करिब आधा दर्जन विषयमा लगभग सहमतिमा पुगेको दाबी पनि गरे।

यस्तै, कार्यदलका सदस्य एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि पार्टीको एकतालाई सुदृढ गर्नेसम्बन्धमा सहमतिमा पुगेको प्रतिक्रिया दिए। ‘सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन, त्यसका केही थोरै भाषिक परिमार्जनलगायतका केही विषयमा शनिबार पुनः बस्नुपर्ने भएकाले आज बैठक स्थगन गरेका छौं,’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com