नेपालमा १८७५ कोरोना संक्रमित थपिए, २९ को मृत्यु


प्रकाशित मिति : असार २४, २०७८ बिहीबार

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २९ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट ९ हजार ३२० जनाको मृत्यु भइसकेको छ।

बिहीबार १ हजार ८७५ संक्रमित थपिएका छन्।१० हजार ५०४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा १ हजार २८६ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ।

यस्तै, बिहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ। त्यसमध्ये देशभर ३ सय जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ कोरोना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंका २८७, भक्तपुरका ५८ र ललितपुरका ८२ जना रहेको मन्त्रालयले जनाएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com