बढ्दै कोरोना संक्रमण, २९७९ संक्रमित थपिए, २८ को मृत्यु


प्रकाशित मिति : असार २३, २०७८ बुधबार

निषेधाज्ञा खुकुलो बनाइएको केही दिनमै नेपालमा पुनः कोरोना संक्रमण दर बढ्दै गएको छ। बुधबारमात्रै २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको छ।

नेपालमा हालसम्म ३३ लाख ९१ हजार ३७९ जनाको पिसिआर र २ लाख १७ हजार ४२१ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण भएको छ।
जसमध्ये पिसिआरमार्फत् ६ लाख ५० हजार १६२ र एन्टिजेनमार्फत् ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ९० हजार ९७४ जनामा संक्रमण देखिइसकेको छ। बुधबार १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ छ। जसमध्ये २ हजार ७८८ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार ५७१ जनाको आइसियू र १६१ को भेन्टिलेटरमा उपचार भइरहेको छ।

बुधबार कोरोना संक्रमणबाट २८ जनाको निधन भएको छ। योसँगै कोरोना संक्रमणका कारण ९ हजार २९१ जनाको मृत्यु भइसकेको छ।
यस्तै, काठमाडौं उपत्यकामा ५४३ संक्रमित थपिएका छन्। जसमा काठमाडौंका ३९०, भक्तपुरका ६७ र ललितपुरका ८६ रहेको मन्त्रालयले जनाएको छ।

यस्तो छ ७ दिनको तथ्यांक

असार २३ः २९७९
असार २२ः २६३४
असार २१ः २६२२
असार २०ः १६०३
असार १९ः २३२८
असार १८ः २२९९
असार १७ः २७६०
असार १६ः २८२९

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com