हाइस्कुल ग्रयाजुएट भइन् अमेरिकाको फिलाडेल्फियाकी ६५ बर्षकी हजुरआमा


प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

अमेरिकाको फिलाडेल्फिया निवासी ६५ बर्षकी हजुरआमा टवाना विलियम्स हाइस्कुल ग्रयाजुएट भएकी छिन् । आर्थिक कारणले कैयनबर्षसम्म आफ्ना पढाई स्थगित गर्नुपरेपनि अहिले उनले हाइस्कुल सकाउन सफल भएकी छिन् ।

जब उनी टीनएजर थिइन्, उनले विभिन्न कारणले पढाईलाई निरन्तरता दिन सकिनन् । उनका बुबाआमा अलग अलग भएकाले उनको पढाईमा असर गरेको थियो । उनले पढाई छाडेर काम गर्नुपर्ने अवस्था आएको थियो ।

आफ्ना साथीहरुले हाइस्कुल सकेको देख्दा र आफूले सक्न नपाएकोमा उनले निकै दुखी अनुभव गरेको अनुभव सुनाइन् । साथीहरुले पढाईलाई निरन्तरता दिइरहेको बेला आफूले काममात्र गर्नुपरेकोमा उनलाई दुख लाग्थ्यो । तर त्यतीबेला उनको ध्यान जीवनयापनमा नै थियो ।

साउथ फिलाडेल्फिया हाइस्कुल

उनले स्थानीय अस्पताल, रेष्टुरेण्ट र होटलहरुमा काम गरिन् । तर पनि उनले हाइस्कुल सकाउने आफ्नो सपना भने बिर्सेकी थिइनन् । जब उनी आफ्ना दुईजना नातिनातिनी र ४ जना पनातीपनातिनीको ग्रयाजुएसनमा सहभागी भइन्, तब उनलाई पनि हाइस्कुल सकाउन मन लाग्यो ।

हरेक व्यक्ति हाइस्कुलका लायक रहेको र आफ्नो उमेर बढ्दैजाँदा यो अनुभव अझ धेरै भएको उनको भनाई छ । गतबर्ष उनले फिलाडेल्फियाको शैक्षिक विकल्प कार्यक्रममार्फत हाइस्कुलमा फर्कने अवशर पाइन् । जुन कार्यक्रमले बढी उमेरका विद्यार्थीहरुलाई हाइस्कुल सकाउन अवशर प्रदान गरेको थियो ।

अहिले उनले आफ्नो हाइस्कुलको पढाई पुरा गरिसकेकी छिन् । साथै साउथ फिलाडेल्फिया हाइस्कुलमा पढाईका लागि फर्कने ४० बर्षमाथिका विद्यार्थीमा सबैभन्दा बढी दर्जा ल्याउने दुईजनामा समेत पर्न सफल भइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com