‘भेरोसेल’को दोस्रो डोज अभियान सुरु (तस्बिरहरु)


प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

सरकारले मंगलबारदेखि कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाउन थालेको छ। मंगलबारदेखि देशभरिका खोप केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो डाेज लगाउन थालिएको हो।

काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोप केन्द्र छन्। खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिएको छ। खोप अभियान असार २४ गतेसम्म सञ्चालन हुने छ। गत जेठ २५ देखि खोप लगाएका ६० देखि ६४ वर्ष उमैर समूहका ज्येष्ठ नागरिक र त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई दोस्रो डोज दिइने छ।

तर, गत फागुनमै कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले भने अझै खोप पाउन सकेका छैनन्।

नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो डोज लगाइसकेका छन्।

तस्बिरस्रोत- रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com