अझै सेवामै सकृय हुन चाहन्छन् अमेरिकाको अर्कान्सासका ९१ बर्षका प्रहरी अधिकारी


प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

एलसी बकसट स्मीथ ९१ बर्षका भइसके । अमेरिकाको अर्कान्सासको क्यामडनमा प्रहरी अधिकारीका रुपमा खटेको उनी ५६ बर्ष भइसक्यो ।

यी प्रहरी अधिकारी अमेरिकाका सबैभन्दा बढी उमेरका प्रहरी अधिकारीहरुमध्येका एकजना हुन् । अझै पनि उनी सेवामै सकृय हुन चाहन्छन् । तत्काल रिटायर्ड हुने उनको योजना छैन ।

१० बर्ष अगाडि उनले रिटायर्ड हुने प्रयास पनि गरेका थिए । केही समय घरमा पनि बसे । तर उनले आफ्नो काम मिस गरेकाले उनी पुन काममा फर्किए । अब भगवानले जहिले चाहन्छन्, तबमात्र रिटायर्ड हुने बताउँछन् उनी ।

सन् १९६० को दशकमा स्मीथले प्रहरी सेवामा प्रवेश गर्ने निर्णय गरेका थिए । उनी प्रहरीमा काम गर्न पाउँदा निकै उत्साहित पनि थिए । त्यसपछि उनले कानून कार्यान्वयन अधिकारीका रुपमा निरन्तर सेवा गरिरहेका छन् ।

उनी अर्कान्सासको यो सानो टाउन क्यामडनमा निकै परिचित पनि छन् । उनलाई त्यहाँ बस्ने प्राय हरेकले चिन्छन् । प्राय हरेकले उनलाई अभिवादन गर्छन् ।

स्मीथले अहिले सातामा ४ दिन काम गर्छन् । काममा नभएको बेला या त उनी आफ्नी महिला साथीसँग समय बिताउँछन् या त चर्चमा जान्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com