नेपालमा थप २६३४ जनामा संक्रमण पुष्टि, १५ को मृत्यु


प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

पछिल्लो २४ घन्टामा २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ५८५ नमुना परीक्षण गर्दा २ हजार ६३४ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ।

मंगलबार १ हजार ५६५ संक्रमणमुक्त भएका छन्। कुल संक्रमितमध्ये ६ लाख १२ हजार ९९४ जना निको भएका छन्।

मंगलबार २५ हजार ८२८ सक्रिय संक्रमित छन्। पछिल्लो विवरण अनुसार १५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। योसँगै ९ हजार २६३ जनाको कोरोनाका कारण निधन भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जना रहेको मन्त्रालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com