जसपा फुट्ने निश्चित, नेताहरुले भने–अब अलग–अलग बाटो लागिन्छ


प्रकाशित मिति : असार २२, २०७८ मंगलबार

१५ महिनाअघि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएको छ। निर्वाचन आयोगमा दुवै पक्षबीच मंगलबार भएको छलफलमा सहमति बन्न नसकेपछि पार्टी फुट्ने निश्चित भएको हो।

छलफलपछि महन्थ ठाकुर पक्षका नेता अनिल झाले कुनै सहमति नबनेकाले अब अलग–अलग बाटो लाग्ने बताए। उनले आफूहरु अब मिल्न नसक्ने भन्दै आयोगलाई छुट्याइदिन आग्रह गरेको बताए।

जसपाको उपेन्द्रपक्षले पार्टीको आधिकारिताको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार अर्को पक्षलाई लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिएको थियो। उक्त सूचना अनुसार अर्को पक्षले लिखित जवाफ पनि पेश गरिसकेपछि राजनीतिक दलसम्बन्धी ऐनमै भएको व्यवस्था अनुसार विवादका पक्षबीचमा आपसी सहमतीबाट विवादका निरुपण गर्नसक्ने, सहमति कायम गरेर विवाद निरुपण गर्ने प्रावधान छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७७ वैशाखमा एकीकरण भएपछि जसपाका नेताहरु

सोहीअनुसार सहमती कायम गरेर विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगले मंगलबार दुवै पक्षलाई बोलाएको थियो।

छलफलमा दुवै पक्षबीच सहमति हुनसकेन। निर्वाचन आयोगले अब आधिकारिकता दाबी पेश गर्न दुवै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादमा इजलास गठन गरेर अघि बढ्ने बताए। आयोगले बुधबार इजलास गठन गर्ने र दुवै पक्षले दल दर्तासम्बन्धी ऐनबमोजिम दाबी पेश गर्ने भएका छन्।

निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई कानुनसम्मत नदेखिएको भन्दै अमान्य घोषित गरिदिएको थियो। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला दिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com