काठमाडौं उपत्यकामा संक्रमण पुनः बढ्न थाल्यो, देशभर २६२२ संक्रमित थपिए, २३ को मृत्यु


प्रकाशित मिति : असार २१, २०७८ सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ नमुना परीक्षणमध्ये २ हजार ६२२ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ। सोमबारसम्म देशभर सक्रिय संक्रमित २५ हजार ६ सय ९० छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २११ संक्रमणमुक्त भएका छन्।

हालसम्म कुल संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ निको भएका छन्। पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट २३ जनाको निधन भएको छ। हालसम्म संक्रमणबाट ९ हजार २४८ ले ज्यान गुमाइसकेका छन्।

काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या बढेको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा भएका परीक्षणबाट ५६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३७८ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

आइतबार उपत्यकामा ४६१ कोरोना संक्रमित थपिएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com