परीक्षण र संक्रमित दुवै घट्दै, थप १६०३ मा संक्रमण पुष्टि, २७ को मृत्यु


प्रकाशित मिति : असार २०, २०७८ आईतबार

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर तथा एन्टिजेनमार्फत् ८ हजार १३२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७ सय ४९ पुगेको छ।

काठमाडौं उपत्यकामा थप ४६१ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ३४२, भक्तपुरमा ३१ र ललितपुरमा ८८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

आइतबार २ हजार ५५१ संक्रमित निको भएका छन्। नेपालमा हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमणमुक्त भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, पछिल्लो २४ घन्टामा २७ जनाको निधन भएको छ। योसँगै कोरोनाबाट निधन हुनेको संख्या ९ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ।

हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ९ छन्। जसमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, झापा, मोरङ र सुनसरीलगायत छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com