एमालेः पाँचबुँदे संगठनात्मक प्रस्ताव पारित


प्रकाशित मिति : असार १९, २०७८ शनिबार

नेकपा एमालेले ५ बुँदे संगठनात्मक प्रस्ताव पारित गरेको छ। शनिबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले महासचिव इश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव पारित गरेको हो।

जसमा असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, केन्द्रीय कमिटीको यसअघिको बैठकले तय गरेको आगामी साउन २५ देखि २७ गतेसम्म विधान अधिवेशन काठमाडौँमा गर्ने, त्यसका निम्ति पार्टीका अध्यक्षका संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पेश भएको थियो।

पार्टीका तल्ला तहका अधिवेशनअन्तर्गत आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिकास्तरका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पेश भएको थियो। केन्द्रीय तहका ३२ विभागमा रहने व्यक्तिको नाम प्रस्ताव गर्न यसअघि नै जारी अन्तरपार्टी निर्देशनअनुसार मागिएको सिफारिस अविलम्ब पठाउन आग्रह गरिएको छ। स्थायी कमिटीको आगामी बैठकले विभागमा रहने सदस्यको नामावाली टुङ्ग्याउने गरी प्रस्ताव गरिएको छ।

पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले सिङ्गो मुलुक निर्वाचनको तयारीमा जुट्न अनुरोध गरिएको र पेश भएको प्रस्तावमा घनीभूत छलफल भएको जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठक समापनका अवसरमा अध्यक्ष केपी ओलीले विपक्षी गठबन्धन एमालेको सरकारविरुद्ध बनाइएको स्पष्ट पार्दै त्यहाँ पुगेका नेता कार्यकर्तालाई फर्कन आग्रह गरेकाे थापाले बताए।

ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई सच्चिनका लागि सर्वाेच्चकाे फैसलाअघिसम्मको समय दिएको उल्लेख गर्दै त्यसपछि विपक्षीकाे माेर्चामा जाने कि पार्टीमा फर्कने भन्ने दोबाटाे नरहने स्पष्ट पारेको पनि थापाले बताए।

केन्द्रीय कमिटी बैठकमा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमाले नै नभएको बताएका थिए। नेता माधवकुमार नेपालसँगको शनिबार बिहानको टेलिफोन वार्ताबारे जानकारी दिँदै ओलीले भने, ‘विघटन मुद्दाको फैसला हुँदासम्म जो जसको हस्ताक्षर हुन्छ, ती एमालेका नेता कार्यकर्ता होइनन्,’ उनले भने।

‘जेठ २ मा फर्कियौं, त्यो भनेको यही (केन्द्रीय कमिटी बैठक) हो, जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खने होइन,’ ओलीले भने।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com