विश्वका सबैभन्दा बढी उमेरका जीवित व्यक्ति ११२ बर्षका डोन मिलो, दीर्घजीवनको रहस्य ‘प्रेम’


प्रकाशित मिति : असार १९, २०७८ शनिबार

विश्वका सबैभन्दा बढी उमेरका जीवित व्यक्ति पोर्तोरिकोका ११२ बर्षका डोन मिलो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । सन् १९०८ को अगस्त ८ मा जन्मिएका डोन मिलो फ्लोरेस माक्र्वेज नै विश्वका सबैभन्दा बढी उमेरका जीवित व्यक्तिका रुपमा दर्ज भएका छन् ।

उनी जन्ममा पनि अनौठो संयोग रहेको छ । २० औं शताब्दीको आठौं बर्षको आठौं महिनाको आठौं दिनमा जन्मिएका थिए । ११ दाजुभाई दिदीबहिनीहरुमध्ये दोश्रो सन्तानका रुपमा जन्मिएका डोन मिलो उक्त परिवारका जेठा छोरा हुन् । उनले सानै उमेरदेखि उनका पिताको उखुबारीमा काम गनै सुरु गरेका थिए ।

उनले उखुहरु पखाल्ने र लोड गर्ने काम गर्थे । जेठा छोराका रुपमा उनको अन्य दाजुभाई दिदीबहिनीहरुको हेरविचार गर्ने र घरपरिवारको नेतृत्व गर्ने जिम्मेबारी समेत थियो । उनले एन्ड्रिया पेरेजसँग विवाह गरेका थिए भने उनीहरु ७५ बर्षसम्म एकसाथ बसे । सन् २०१० मा पेरेजको निधन भयो ।

उनीहरुका ४ सन्तान भएकोमा दुईजना अहिले पनि जीवित छन् । उनका ५ जना नातीनातिनी र ५ जना पनातीपनातिनी रहेका छन् । गिजिन बुकको प्रमाणपत्र दिने बेलामा उनका छोरा र छोरीपनि उपस्थीत रहेका थिए ।

११ बर्ष अगाडि मुटुको अपरेशन गरेर उनले पेसमेकर राखेका छन् । त्यस्तै उनको श्रवणशक्ति पनि लगभग गुमिसकेको छ । आफ्नो दीर्घजीवनको रहस्य प्रेमका प्रसस्तता रहेको उनी बताउँछन् । साथै रिस र आक्रोशलाई नियन्त्रण गर्नु समेत उनले आफ्नो दीर्घजीवनको रहस्य बताएका छन् ।

@guinnessworldrecordsOldest person living (male): 112 years and 326 days – Emilio Flores Marquez 🇵🇷

♬ original sound – Guinness World Records

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com