नेपालमा २३२८ संक्रमित थपिए, १९ काे मृत्यु, निको हुनेदर ९४.३ प्रतिशत


प्रकाशित मिति : असार १९, २०७८ शनिबार

नेपालमा २४ घण्टामा २ हजार ३ सय २८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ३७ जनाको पिसीआर र ४ हजार २ सय ९६ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएकाे हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार ५सय ८० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १९ जनाकाे मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेकाे छ।

उक्त अवधिमा ३ हजार ६६ जना निको भएका छन्। निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेकाे छ भने मृत्युदर १दशमलब ५ प्रतिशत रहेको छ।

यस्तै काठमाडौंमा ३ सय ७६ कोरोना संक्रमित थपिएका छन्। जसमा काठमाडौंका २४६, भक्तपुरका ४९ र ललितपुरका ८१ जना रहेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ५ हजार ५१ जना, भक्तपुरमा १ हजार २ सय १० र ललितपुरमा १ हजार ६ सय ९४ जना सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौंमा हालसम्म १ हजार ८ सय ९१, भक्तपुरमा ३ सय ६८ र ललितपुरमा ५ सय ४९ जनाकाे काेरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com