नेपालमा कोरोना संक्रमणका कारण दुई महिनायताकै कम मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।
यस्तै, २४ घण्टामा देशैभर २६३६ संक्रमित थपिएका छन्। ७२५९ जनामा पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १७२८ जनामा पोजिटिभ पुष्टि भएको छ भने ४४८९ जनामा एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा पुष्टि भएको छ।
त्यस्तै देशैभर ४३४८ जना निको भएका छन्। निको हुने दर ९३ प्रतिशत पुगेको छ। २४ घण्टामा काठमाडौंमा ३०२ भक्तपुरमा ५६ र ललितपुरमा १०० जना गरि उपत्यकामा ४५८ नयाँ संक्रमित थपिएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।