भोलिदेखि उपत्यकामा जोरबिजोर आधारमा सार्वजनिक सवारी साधन चल्ने, सबै पसल सातैदिन खुल्ने


प्रकाशित मिति : असार १४, २०७८ सोमबार

भोलिदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली अनुसार सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको हो ।

सार्वजनिक सवारी साधन सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर चल्ने जनाइएको छ । यस्ता सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन पाइने छ।

सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणाली अनुसार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो। निषेधाज्ञा केही खुकुलो बनाउँदै यस्तो निर्णय गरिएको जनाइएको छ ।

अब सबै प्रकारका पसलहरु सातै दिन खुल्ने भएका छन्। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो।

खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन् भने अन्य पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । रेष्टुरेन्टहरुले भने टेक अवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्।

सरकारले यसै साताबाट नेपालमा आन्तरिक हवाई उडान कुल उडान सङ्ख्याको ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।

त्यसपछि नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनीले उडान कार्य तालिकाका लागि आवेदन दिन खुला गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com